काठमाडौं । रोल्पामा विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जना विद्यार्थीको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–४ स्युरीकी १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विक रहेका छन्।

प्रहरीका अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किंदै गरेका विद्यार्थी सवार ग १ ज ६६६६ नम्बरको जीप गए राति करिब १० बजे गाम खोलास्थित सेरमबाट स्युरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको हो।

advertisement

गम्भीर घाइते दुई विद्यार्थीलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याइए पनि चिकित्सकले राति करिब साढे १२ बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते अन्य नौ जना विद्यार्थीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com