बुटवल । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वमा रुपन्देही जिल्लाका ३३ जना कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्।

जिल्ला अध्यक्ष तुल्सी थारूले पार्टी नेतृत्व, निर्णय प्रक्रिया र संगठन सञ्चालनको शैलीसँग गहिरो असहमति व्यक्त गर्दै राजीनामा दिएको जानकारी दिएका छन्।

advertisement

राजीनामा दिनेहरूको सूचीमा जिल्ला अध्यक्ष तुल्सी थारू, वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू र महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत रहेका छन्।

थारूका अनुसार, पार्टी नेतृत्वले कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत निर्णय गर्दै अघि बढेको अनुभव भएपछि उनीहरूले सम्पूर्ण जिम्मेवारीहरू सहित साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन्।

राजीनामापछि, पूर्व नाउपा पदाधिकारीहरू र थरुहट थारुवान संयुक्त संघर्ष समिति भोलि सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित हुने तयारीमा छन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com