काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सम्बोधन नगरे सरकारसँगको वार्ता प्रक्रिया तोड्ने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ विषयक कार्यक्रममा सम्बोधन गर्दै प्रसाईंले आफूले उठाएका एजेन्डाबारे सरकारलाई औपचारिक रूपमा जानकारी गराइसकेको उल्लेख गरे। अबको निर्णय सरकारको प्रतिक्रियामा निर्भर रहने उनको भनाइ थियो।

advertisement

प्रसाईंले सरकारसँगको संवाद निष्कर्षमा नपुगे आफू सशक्त आन्दोलनमा उत्रिन तयार रहेको स्पष्ट पार्दै समान सोच र उद्देश्य राख्ने शक्तिहरू एकजुट भएर दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। देश गम्भीर संकटतर्फ उन्मुख भइरहेको दाबी गर्दै उनले वर्तमान अवस्था चिन्ताजनक रहेको बताए।

मुलुकको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रसाईंले विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्किएर राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न अपिल गरे। आफ्ना मागहरू नागरिकको हितसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले सरकारले बेवास्ता र आलटाल गरे सडक संघर्ष नै अन्तिम विकल्प हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com