काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेललाई उपयुक्त उम्मेदवार ठहर गरेको थियो। काठमाडौँ-५ पोखरेलको नियमित निर्वाचन लड्ने गृह क्षेत्र हो।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया