काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग सोमबार बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको थियो।
भेटका अवसरमा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालभर नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउन राजदूत थम्प्सनले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्।
त्यसैगरी, राजदूत थम्प्सनले आगामी दिनमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै नेपालका लागि अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका थिए।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया