लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ।

बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

advertisement

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com