काठमाडौं । पाटि मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार मंगलबार टुं पाटि गो लगाउने निर्णय गरेको छ। त्यसअनुसार समितिको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने तय गरिएको छ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग गर्ने सम्भावित चुनावी तालमेल तथा उम्मेदवार चयनसम्बन्धी विषयमा निर्णय गर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार सोमबारको बैठकमा चुनावी तालमेलका विषयमा एमाले, नेकपासहित अन्य दलहरूसँग पार्टी नेतृत्व तहबाट छलफल भइरहेको भन्दै अन्तिम निर्णय मंगलबारको बैठकबाट लिने निष्कर्ष निकालिएको थियो।
राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफलमा जुटिरहेका छन्।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया