काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ ।
पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका केहि विशेष पक्षधर कार्यकर्ताहरूले निधि लिंक रोडबाट प्रवेश गर्दा अवरोध पुर्याएका थिए। यस क्रममा निधि र कार्यकर्ताहरूबीच विवाद देखिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई पक्षबीच तर्क–वितर्क भइरहेको देखिन्छ। भिडियोमा निधिले, ‘को हो त्यो मान्छे, ए को हो? को हो? कांग्रेसी होइन, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।
त्यस्तै, कार्यकर्ताको तर्फबाट ‘तपाईं चैं हो?’ भन्ने आवाज सुनिन्छ। निधि कार्यालयतर्फ गएपछि कार्यकर्ताबाट ‘ओइ, आइजा’ र ‘तेरो घर…’ जस्ता शब्दहरू पनि सुनिएका थिए।
यसैबीच, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार भने, उनीहरूको कुनै औपचारिक कार्यक्रम नभएको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको बताए। ‘कसैले स्वस्फूर्त रूपमा गर्ने गतिविधि अलग विषय हो, तर विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै कार्यक्रम थिएन,’ उनले स्पष्ट पारे।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया