काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन ।

advertisement

उनले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा प्रष्ट पारे । यद्यपी बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको बताए ।

समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिइन् ।

  • रासस

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com