काठमाडौं ।राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अ राष्ट्रिय नुसार राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै भएकाले संवैधानिक प्रावधानअनुसार एक महिना अगाडि निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। मनोनयन दर्ता सम्बन्धित प्रदेशमै हुने आयोगले जनाएको छ।

पदावधि सकिन लागेका एमाले सांसदहरूमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसी रहेका छन्। त्यस्तै नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान तथा बेदुराम भूसालको पनि पदावधि सकिँदैछ।

यसैगरी जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव, लोसपाका शेखरकुमार सिंह तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत नेकपा नेता वामदेव गौतमको पदावधि पनि समाप्त हुँदैछ।

रिक्त हुने १८ पदका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ। दलहरूबीच क्लस्टर बाँडफाँट गरेर उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com