काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने अधिकतम खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम र दुर्गम जिल्ला अनुसार फरक-फरक खर्च सीमा निर्धारण गरेको छ।
आयोगका अनुसार:
- काठमाडौँका पाँच निर्वाचन क्षेत्र (१, ३, ६, ७, ८) का उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन्।
- १७ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु २७ लाख,
- ६५ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु २९ लाख,
- ५२ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु ३१ लाख, र
- २६ निर्वाचन क्षेत्र का उम्मेदवारले अधिकतम रु ३३ लाख खर्च गर्न पाउनेछन्।
निर्वाचन खर्च तोकिएको सीमा भित्र गर्नुपर्छ र प्रतिनिधिसभा सदस्य ऐन अनुसार, निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको विवरण निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया