ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
बुधबार लुभुलामाटारस्थित लिङ्देनको निवासमा भएको भेटमा मुलुकमा निर्वाचनको अनुकूल वातावरण निर्माणबारे विस्तृत छलफल भएको मन्त्री खरेलले जानकारी दिएका छन् ।
भेटका क्रममा अध्यक्ष लिङ्देनले आगामी निर्वाचनप्रति राप्रपा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका मन्त्री खरेलले बताए ।
सरकारका प्रवक्ताको हैसियतमा मन्त्री खरेल निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन् ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया