काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनलाई सफल पार्न सक्रिय भएको छ।
पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने पार्टीको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरू हुने काठमाडौं जिल्ला समितिले जानकारी दिएको छ।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिहरू कुपण्डोल र हनुमानस्थानमा भेला भई बाजागाजा र झाँकीसहित र्याली निकाल्दै भृकुटीमण्डप पुग्नेछन्।
जिल्ला सभापति श्रेष्ठले विशेष महाधिवेशनमा सबै प्रतिनिधि तथा सदस्यहरूको अनिवार्य उपस्थिती र सक्रिय सहभागिताको अपिल पनि गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘२०८२ पौष २७ र २८ गते काठमाडौँ भृकुटीमण्डपमा हुँदै गरेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा ललितपुर जिल्लाका सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।’
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया