काठमाडौं । दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा बुधबार एक युवकको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार युवकको शव जंगलको बिचमा रहेको झोलुङे पुल मुनि भेटिएको हो। मृतक रूपन्देहीको मायादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौँको कुलेश्वरमा बस्ने १८ वर्षीय अमर मणि चौधरी रहेका छन्।
शव संकास्पद अवस्थामा फेला परेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया