काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको रन्कोले तात्तिएका उम्मेदवारका सामाजिक सञ्जाल प्रचार सामग्रीले भरिएका छन् । आफ्नो पक्षमा मत तान्न उनीहरुले सकेसम्म आकर्षक नारा दिने र नयाँ नयाँ नारा खोजेर प्रचार गरिरहेका छन् ।

२८ असोजमा एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमा एउटा प्रचार सामग्री पोस्ट गरे । जसमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’

चुनावी नारासंगै विकास र समृद्धि झल्काउने तस्वीरमा पोखरेलको तस्वीर पनि टाँसिएको छ । तर यो तस्वीर ०७४ को नेपाली कांग्रेसको चुनावी घोषणपत्रको आवरण पृष्ठबाट लिइएको हो ।

पोखरेलका स्वकीय सचिव सरोज रेग्मीका अनुसार चुनाव प्रचार प्रसारका लागि टिम बनेको छ र त्यही टिमले पोखरेलको प्रचार सामग्री बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काम गर्छ ।

‘एउटा टिम छ हाम्रो, त्यसैले प्रचार समाग्री बनाइरहेको छ । हाम्रो प्रचार सामग्री कांग्रेसको घोषणापत्रको फोटोसंग मिलेको संयोग हुन सक्छ । टिमलाई थाहा नभएर कांग्रेसको जस्तै भएको हुनसक्छ’ उनले भने ।

दाङ–२ बाट उम्मेदवार बनेका पोखरेलसँग माओवादी केन्द्रकी रेखा शर्मा प्रतिस्पर्धामा छिन् ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com