काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले यसका लागि आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो/होइन भनी सोधेका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ’, ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

 

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com