काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।
शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजना हुने तय गरिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। तर पार्टी केन्द्रीय कार्यालयले उक्त विशेष महाधिवेशन विधानविपरीत रहेको ठहर गर्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन निर्देशन दिएको छ।
यही विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्न लागिएको भए पनि अन्तिम क्षणमा कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया