काठमाडौँ । जेन–जी अगुवा सुनिल सिंहले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई तत्काल राजीनामा दिन चेतावनी दिएका छन्।

अमेरिका भ्रमणको विषयलाई लिएर मन्त्री गुप्ता विवादमा तानिएको अवस्थामा सिंहले सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

advertisement

सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, “सहिदको सपनामाथि बब्लु गुप्ताको रजगज स्वीकार्य छैन।” उनले मन्त्री गुप्ताले २४ घन्टाभित्र राजीनामा नदिए पुत्ला दहन गर्ने र मन्त्री क्वाटर घेर्ने चेतावनीसमेत दिएका छन्।

शहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई व्यक्तिगत स्वार्थ र सत्ता दुरुपयोगका लागि प्रयोग गर्नु गम्भीर अपराध भएको उनले बताएका छन्। मन्त्री गुप्ताको अमेरिका भ्रमणको नाममा भएको गतिविधिले सरकार र मन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै उनले तत्काल राजिनामा माग गरेका छन्।

मन्त्री गुप्ताको अमेरिका भ्रमणको विषयलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक वृत्तबाट आलोचना बढ्दै गएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com