काठमाडौं । क्याम्पियन पिक्कलबल च्याम्पियनसिप खुल्ला डबल पिक्कलबल खेल आज सम्पन्न भएको छ। बुधवार भएको फाइनल खेलमा जनक फडेरा र किरण शाहलाई ५-११ र ०-११ को सोझो सेटमा हराउँदै बिपिन ताम्राकार र दिप्सन बास्कोटा जोडी प्रथम भएको हो। खेलमा ८ टोली सहभागी थिए।

पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिक्कलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएकोछ। नेपाली खेलप्रेमीहरुका लागि नयाँ खेल भएपनी छोटो समयमा पिक्कलबलले राम्रो खेलाडी उत्पादन गरेकोले अन्तर्राष्ट्रिय खेल प्रतियोगिता खेल्न पाए नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा बिश्वस्त रहेको खेलाडी सौरभ भण्डारी बताउछन्।

advertisement

लङटेनिस, टेवल टेनिस र ब्याटमिन्टन मिश्रत खेल मनोरञ्जन साथै स्वास्थ्यको लागि पनि लाभदायक रहेको प्रशिक्षक कुमार प्रधानले बताए। काठमाडौको क्याम्पियन स्कुल नक्साल, ग्यालेक्सी स्कुल ज्ञानेश्वर र NCCS स्कुल धुम्बाराहिमा निरन्तर प्रशिक्षण संचालन गराइरहेको प्रशिक्षक प्रधान बताउँछन।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com