काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई राजनीतिक दल विभाजनको माध्यम नभई पूर्णतः नीतिगत सम्मेलनका रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

शनिबार बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई केवल संकल्प प्रस्ताव पारित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

advertisement

उनले भने, ‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू यहाँ उपस्थित हुनु भएको छ। हामी सबैलाई अनुरोध गर्दछौं कि यसलाई नीतिगत सम्मेलनको रूपमा लिएर संकल्प प्रस्ताव पारित गरी अघि बढाऔं। अबको चार महिनापछि हुने नियमित महाधिवेशनमा सहभागी हुने साथीहरूलाई प्रोत्साहित गर्ने खुराक दिन यसलाई अवसर बनाऔं।’

भण्डारीले स्पष्ट पारेका छन् कि कुनै पनि हालतमा पार्टी विभाजन हुन दिनुहुँदैन।

उनी थप्छन्, ‘संस्थापन पक्षका नेता, सभापति वा कार्यवाहक सभापति पनि यस महाधिवेशनलाई आफ्नो भनेर ग्रहण गरून्। साथै, आयोजक साथीहरूले पनि यसलाई सम्पूर्ण पार्टीको सम्मेलन भएको बताउनुपर्छ।’

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com