काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। पार्टी प्रवक्ता डा. राजु थापाले आज यो नियुक्ति औपचारिक रूपमा घोषणा गरिने जानकारी दिएका छन्।
रास्वपासँगको एकता असफल भएपछि उज्यालो नेपाल पार्टीले अध्यक्ष पदमा कुलमान घिसिङलाई निर्वाचित गरेको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्षको रूपमा अनुप उपाध्यायको नाम दर्ता गरिएको थियो।
पार्टीले आज दिउँसो ४ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठकपछि कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत आफ्नो अध्यक्ष नियुक्ति र आगामी रणनीतिबारे सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया