काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उद्घाटन समारोहमा विशिष्ट अतिथि बन्ने निम्तो दिएको छ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, निम्तो पत्रमा हालको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको नीति, संगठन र नेतृत्वलाई जनभावनाअनुरुप थप सुदृढ र गतिशील बनाउन महाधिवेशन आयोजना गर्न लागेको उल्लेख गरिएको छ।

advertisement

सचिवालयद्वारा खड्कालाई दिइएको पत्रमा भनिएको छ, ‘यो महाधिवेशन नेपाली कांग्रेसका लागि वैचारिक स्पष्टता र संगठनात्मक पुनर्जागरणको महत्वपूर्ण अवसर हो। नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुन गइरहेको छ। बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि आयोजना हुन लागेको यस विशेष महाधिवेशनको उद्घाटन समारोहमा तपाईंलाई गरिमामय विशिष्ट अतिथि बन्ने रूपमा सादर आमन्त्रण गर्दछौं।’

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com