झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् ।
झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो।
तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।ओली घरमै औषधी खाएर आराम गरिरहेका छन्
प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया