काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्य समुदायतर्फ पहिलो नम्बरमा सिफारिस गरेको थियो।
निर्वाचन आयोगले पुस २८ गतेलाई समानुपातिक सूचीबाट नाम फिर्ता लिनको लागि अन्तिम मिति तोकेको छ। आचार्यले सो दिन निवेदन पेश गरेपछि मात्रै उनको नाम औपचारिक रूपमा फिर्ता हुनेछ।
आचार्यसँगै रास्वपाबाट समानुपातिक सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या हाल १६ पुगेको छ। यसअघि सचिन ढकाल, डा. अरनिको पाण्डे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका थिए।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया