काठमाडौं । र्‍यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन ।

गत साता जापान कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ ।

सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् । यस्तोमा, फ्यानलाई चिन्ता थप्ने गरी भिटेनले अर्को काम गरेका छन् । आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट उनले एउटा बाहेक सबै गीत हटाएका छन् । १३ दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक भिटेनका सबै गीत हटाइएको छ ।

मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।

उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com