काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रिमा विश्वकर्माको स्थिति यथावत् रहने भएको छ। आइतबार रास्वपाले अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा कलाकार विश्वकर्माको नाम जस्ताको तस्तै राखिएको छ। उनी दलित क्लस्टरअन्तर्गत महिलाको सुरूआती सूचीमा परेकी छन्।
शनिबार उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता तोडेपछि रास्वपाले आइतबार नै निर्वाचन आयोगमा गएर आफ्नो समानुपातिक बन्दसूची अद्यावधिक गरेको थियो।
विश्वकर्मा पूर्वमा उज्यालो नेपाल पार्टीकी केन्द्रीय समिति सदस्य थिइन्। पार्टी रास्वपाबाट अलग भएपछि उज्यालो नेपालका एक नेताले उनलाई आफ्नो समानुपातिक सूचीमा समेट्ने प्रयास गरेका थिए। यसबारे सोधिएको जबाफमा विश्वकर्माले आफू समानुपातिक सूचीमा नरहने तर प्रत्यक्ष उम्मेदवारी दिन सक्ने बताएकी थिइन्।
विश्वकर्माबाट स्पष्ट जवाफ नआएपछि उज्यालो नेपाल पार्टीले उनलाई सूचीमा नराखी अन्य दलसँग मिलेर नयाँ समानुपातिक सूची तयार पार्ने तयारी गरिरहेको छ। सो नेताले भने, ‘अब हामी अर्को दलसँग मिलेर नयाँ समानुपातिक सूची बुझाउँछौं। समानुपातिकमा एउटै चिह्न र प्रत्यक्षमा बलिरहेको बिजुलीको चिह्नमा मत माग्ने योजना बनाइरहेका छौं।’
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया