काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत प्रस्ताव पारित गरी अब कांग्रेस भित्र वा बाहिरका कोही पनि दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन्।
भृकुटीमण्डपमा आइतबार सुरु भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर यस्तो व्यवस्था लागू गर्नेछौं। यसबाट अब कांग्रेसभित्र वा बाहिरको कोही पनि दुईपटकभन्दा बढी प्रधानमन्त्री पदमा रहन सक्ने छैनन्।’
उनले यसअघि पनि कांग्रेसभित्र यस्ता प्रस्ताव उठेको भए पनि बेवास्ता गरिएको स्मरण गराए। ३४ वर्षमा ३० वटा सरकार बनेको तथ्यलाई जनताको सन्तुष्टि भएको प्रमाण नठान्दै उनले भने, ‘कसैले ३० वटा सरकार बनाएको भए पनि नागरिक सन्तुष्ट भएका छैनन्। यसकारण नयाँ नियम आवश्यक छ।’
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया