काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । बुढानीलकण्ठ नगरपालिका–७ स्थित हात्तिगौंडा, हेपाली हाइट क्षेत्रमा रहेको खड्काको घर वरपर उल्लेख्य सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आयोजनामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । आजदेखि महाधिवेशनको बन्दसत्र प्रारम्भ हुँदैछ । पार्टीका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भइसकेका छन् ।

advertisement

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीका रूपमा खड्काको निवास क्षेत्रमा थप सुरक्षाकर्मी खटाइएको हो । ‘सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक व्यवस्था मिलाइएको छ,’ उनले बताए ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com