काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमार्फत पार्टीको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधनसम्म गर्न सकिने व्यवस्था समावेश गरिएको छ। यस अन्तर्गत चौधौं महाधिवेशनपश्चात गठन भएको केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेत विघटन गरिने छ।

विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने व्यवस्था राखिएको छ। सो समितिले पुस २७ र २८ गते सम्पन्न महाधिवेशनलाई वैधानिक भएको अनुमोदन गर्न सक्नेछ।

advertisement

कार्यविधिमा निर्वाचनसम्बन्धी विस्तृत व्यवस्था पनि उल्लेख गरिएको छ। विधानको धारा १७(१) अनुसार, नियमित महाधिवेशन सम्पन्न नहुँदासम्म, धारा १६(१) बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकार भित्र रही प्रतिनिधिहरूले धारा २१ अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सक्नेछन्।

यस प्रक्रियाअनुसार, महाधिवेशनमा लिएर आएको निर्णयका आधारमा महामन्त्री गगन थापा नेतृत्वको टोलीले सभापति सहितको केन्द्रीय कार्यसमिति आगामी वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ। नेपाली कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम सातामा तोकिएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com