बैतडी । बैतडी जिल्लामा सोमबार भएको जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ। मृतकहरूमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, सिगासकै २८ वर्षीय भानुदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावल रहेका छन्, जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा परेको बोलेरो जिप म १ ज २२४ नम्बरको थियो, जो सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गर्दा पाटन नगरपालिका–८ को विजयपुर नजिकै झैले भिरबाट दुर्घटनामा परेको थियो।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया