काठमाडौँ । संयुक्त जेनजी समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ। जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ३० बढी जेनजी समूह वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै धर्नामा छन्।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै राजनीतिक दल र नागरिक समाजको सहभागितामा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुराना राजनीतिक दलका शीर्ष नेताहरूलाई सरकारको नेतृत्व नदिने स्पष्ट अडानसमेत व्यक्त गरे।
उनले प्रणाली नै त्रुटिपूर्ण अवस्थामा रहेको भन्दै केवल वैधानिकताको नाममा अघि बढ्नु गलत हुने बताए। “सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ। सिस्टम नै बिग्रिएको अवस्थामा वैधानिकताको बहानाले समाधान हुँदैन,” ढुंगानाले भने, “नयाँ–पुराना सबै शक्तिलाई समेटेर सहमति हुनुपर्छ तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।”
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाउँदै ढुंगाना नेतृत्वको संयुक्त रुपमा आन्दोलनरत ३० बढी समूह धर्नामा उत्रिएको हो।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया