काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे आफ्नो निवास महाराजगन्जमा बोलाएको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन्।
देउवाले बोलाएको बैठकमा गुटका अन्य नेताहरू सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महत पनि उपस्थित छन्। बैठकको समयमा डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पनि पुगेका थिए।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व चयनसहितको कार्यविधि पारित गरेपछि देउवा आफ्नो आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन्। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा रहे पनि बहुमत प्रतिनिधिले महाधिवेशनलाई समर्थन दिएको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया