काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नजिकका नेताहरूसँग छलफल गरेका छन्।
सभापतिसँगको छलफलले दुई महामन्त्रीसँग संवाद गर्ने जिम्मेवारी सभापति स्वयं र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निर्णय भएको हो।
छलफलमा सहभागी नेता मीनबहादुर विश्वकर्माका अनुसार, ‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धित पक्षसँग प्रत्यक्ष संवाद गर्ने निष्कर्ष निकाल्नुभएको छ। कोही पनि पार्टी विभाजन चाहँदैन। मत मात्र होइन, पार्टीलाई पनि एकताबद्ध राख्ने उद्देश्यले सभापतिले छलफल सुरु गर्नुभएको हो।’
उनले थपे कि महामन्त्रीहरूसँगको छलफल आजै र छिट्टै सम्पन्न हुने तयारी रहेको छ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया