काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापालाई सभापतिमा चयन गर्नुपर्ने माग गर्दै नाराबाजी भएको छ।
मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापतिमा चुनाव गर्नुपर्ने आवाज उठाउँदै सभामुख र अन्य प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका हुन्।
संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेता र प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि दबाब दिँदै अघि बढेका छन्।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया