काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचकतासँग तयार रहेको स्पष्ट पारेका छन्।

केन्द्रीय समितिको बैठकका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘हामी अधिकतम लचकता अपनाएर वार्ताको पर्खाइमा छौँ। वार्ता टोलीले ब्रिफिङ गरेपछि उपयुक्त निर्णय गर्नेछौँ।’

advertisement

आज दिउँसो १ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक भने अझै सुरु भएको छैन। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, निधि, कृष्णप्रसाद सिटौलालगायतका नेताहरू छलफलमा जुटेका छन् भने अन्य केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूको निर्णय पर्खिरहेका छन्।

उक्त बैठकमा विशेष महाधिवेशन पक्षधर नेता गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी नहुने भएका छन्। बैठकले पार्टी एकता र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com