काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकतामा जोड दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी विभाजनतर्फ नजान आग्रह गरेका छन् । आफू उदार हुन तयार रहेको सन्देश दिँदै देउवाले नेतृत्वका विषयमा लचकता अपनाउन सकिने स्पष्ट पारेका हुन् ।
बुधबार सभापति देउवासँग भएको भेटमा उनले टिकट वितरणलगायतका विषयमा आफ्नो अडान कठोर नरहेको बताएका छन् । भेटपछि नेता डा. प्रकाशशरण महतका अनुसार देउवाले भने, ‘मेरो लागि टिकटमा कसले हस्ताक्षर गर्छ भन्ने विषय महत्त्वपूर्ण होइन । जसले हस्ताक्षर गरे पनि हुन्छ, मेरो तर्फबाट कुनै अवरोध छैन । पार्टी नफुटोस् भन्ने नै मेरो चाहना हो ।’
महतले देउवाले सभापतिको हैसियतले उदारता देखाउँदै पार्टी एकतालाई प्राथमिकतामा राखेको बताए । भेटका क्रममा महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन प्रतिनिधिहरूसँग थप परामर्श गरेर आगामी कदम तय गर्ने बताएका थिए ।
त्यसपछि छलफल सकिएको महतले जानकारी दिए ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया