जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार निर्वाचन गराउने स्पष्ट म्यान्डेटसहित बनेको उल्लेख गरे ।
उनले सुशासन, निष्पक्षता र पारदर्शितालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । साथै, अपराध नियन्त्रण, सुरक्षा निकायको मनोबल अभिवृद्धि र अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा फैलाउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।
कार्यक्रममा मधेसका मुख्यमन्त्री कृष्ण यादवले प्रहरी समायोजन ढिलाइ हुँदा प्रदेशमा सुरक्षा र निर्वाचनको वातावरणप्रति चिन्ता रहेको बताए ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया