काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका एक स्रोतका अनुसार, भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत दुवै नेता महामन्त्री पदमा उम्मेदवारी पेश गरेका हुन्।
सभापति पदमा भने अहिले गगन थापाको एकल उम्मेदवारी दर्ता भइसकेको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया