काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले संस्थापन पक्षसँग सहमति जुटाउने प्रयास अन्तर्गत ८ बुँदे प्रस्ताव पठाएको छ।
वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले आज बिहान यस प्रस्ताव संस्थापन पक्षलाई पठाइएको जानकारी दिएका छन्।
विशेष महाधिवेशन पक्षले प्रस्तुत गरेको ८ बुँदे प्रस्ताव यस प्रकार छ:
- कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
- प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
- चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
- टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
- निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
- उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
- विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने
स्रोतका अनुसार, विशेष महाधिवेशन पक्षले यो प्रस्ताव संस्थापन पक्षसँग छलफलका लागि पठाएको छ र सहमति जुटाउन अन्तिम प्रयासका रूपमा लिइएको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया