काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन जनतालाई एसएमएसमार्फत आह्वान पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनले एकैसाथ धेरै व्यक्तिलाई राजावादी प्रदर्शनमा आउन आग्रह गर्दै एसएमएस पठाएका थिए।
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, उनीले करिब ५० लाख जनालाई म्यासेज पठाएका थिए। नेपाल टेलिकमको गेटवे प्रयोग गर्दै ‘एटी अलर्ट’ को नाममा यस्तो म्यासेज पठाइएको पाइएको छ।
पक्राउ परेका सेढाईंले यस कामका लागि तीनवटा दूरसञ्चार कम्पनीसँग सम्झौता गरी करिब एक करोड रुपैयाँ खर्च गरेर म्यासेज पठाएको दाबी गरेका छन्।
सेढाईं चितवनका व्यवसायी हुन्। प्रहरीले उनको कार व्यवसाय र पेट्रोल पम्पसमेत रहेको जनाएको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया