काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरहरूले सहमतिमा तय गरिएको निर्वाचन कार्यतालिकामाथि धोका दिएको आरोप लगाएका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा खड्काले ब्रिफिङ गर्दै भने, ‘महामन्त्रीहरूसँग सहमतिमा कार्यतालिका तय गरिएको थियो। कुनै काम समयमा सम्पन्न हुन नसके त्यसलाई सार्ने समझदारी पनि थियो। तर उक्त सहमतिमा विशेष महाधिवेशन पक्षधरले धोका दिएका छन्।’ उनले केही गतिविधिहरू अवैध भएको आरोपसमेत लगाए।

advertisement

बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरहरूले तीनवटा मुख्य विषयमा अडान नछाडेको बताए। उनका अनुसार, प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने, सभापति शेरबहादुर देउवाले राजनीतिबाट सन्यास लिनुपर्ने, र हाइ कमान्ड गठन गर्ने विषयमा महामन्त्रीद्वय अडिग रहेकाले सहमति जुट्न नसकेको हो।

‘अन्य अधिकांश मागहरू स्वीकार गर्न सकिने अवस्था थियो,’ खड्काले भने, ‘तर यी तीन विषयमा सहमति नजुट्दा समस्या आएको हो।’

कार्यवाहक सभापति खड्काले वर्तमान अवस्था यथावत् रहे पार्टी विभाजनको जोखिम समेत बढ्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com