काठमाडौं ।  देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।

थापाले भने, ‘हामीमाथि कारबाही गरिएको सुन्नुभएको छ। तर यो पार्टी कसैको निजी कम्पनी होइन। म ९ कक्षामा पढ्दादेखि नै कांग्रेसमा छु। २०४६ को जनआन्दोलनमा सहभागी भइँको छु र २०६२/०६३ को आन्दोलनको नेतृत्वसमेत गरेको छु। कसैले हटायौँ भन्नाले पार्टी छोड्ने ठाउँ होइन।’

advertisement

उनी भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने जानकारी पनि दिएका छन्।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com