काठमाडौं । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार साँझ सीतापाइलाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले गरेको चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको देखिएपछि उनीहरू नियन्त्रणमा परेको ट्राफिक प्रहरी महाशाखाका एसपी नरेश सुवेदीले जानकारी दिए ।
पक्राउ परेकाहरूमा तीनजना सार्वजनिक बसका चालक छन् । एकजना भने ट्याक्सी चालक हुन् ।
बुधबार ट्राफिक, प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बुधबार १८ वटा सवारीसाधनका चालकलाई जाँच गरेको थियो । जसमध्ये चारजनाले लागुऔषध सेवन गरेका खुलेको हो ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया