काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याउन भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको प्रक्रिया सुरु हुन लागेको हुँदा एमालेले त्यसअघि नै आफ्ना उम्मेदवारको नामावली अन्तिम रूप दिन लागेको हो।

advertisement

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला र प्रदेश कमिटीहरूले पहिले नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। अहिलेसम्मको प्रक्रिया अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा तय भएको छ।

हालसम्म अन्य कुनै राजनीतिक दलसँग औपचारिक चुनावी गठबन्धन नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ वाहक उम्मेदवार उठाउने तयारी गरिरहेको छ।

दुर्गम क्षेत्रका उम्मेदवारहरूले मनोनयनका लागि आफ्नो निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामावली अन्तिम गर्ने योजना बनाएको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com