काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकता पाउने माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएका छन्।
शुक्रबार दिउँसो थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित पार्टीका नेताहरू आयोगको कार्यालय अगाडि पलेँटी कसेर धर्नामा बसेका थिए।
यसअघि बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन पेश गरेका थिए। आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र विगतका निर्णयहरूलाई आधार मानेर निर्णय गर्ने जवाफ दिएको थियो।
हाल गगन थापा समूह आफ्नो आधिकारिकता सुनिश्चित गर्न आयोगमाथि दबाब दिने उद्देश्यले धर्नामा बसेको छ। यसअघि बिहीबार थापा समूहले केन्द्रीय कार्यसमितिको अद्यावधिकका लागि निवेदन पेश गरेको थियो।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया