बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

शुक्रबार (माघ २) साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।

advertisement

उनको शव परीक्षणका निम्ति सोही अस्पतालमा राखिएको छ ।

 

  • रासस

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com