शनिबार (माघ ३) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले निर्वाचन आयोगले मान्यता दिएको कांग्रेसको नयाँ नेतृत्वलाई सबै पक्षले आत्मसात गर्नुपर्नेमा जोड दिए । शेरबहादुर देउवा समूहका नेताहरूले पनि अब नयाँ नेतृत्वसँगै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
डा. शर्माले देउवा समूहबाट भएको निरन्तर उत्पीडनकै कारण विशेष महाधिवेशन गर्नुपरेको उल्लेख गरे । सो विशेष महाधिवेशनबाट नेतृत्व चयन भइसकेपछि सबैलाई मिलाएर पार्टीलाई अगाडि लैजाने मुख्य दायित्व नवनिर्वाचित सभापति गगन थापाको रहेको उनले बताए ।
उनले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीले देउवा समूहका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे ।
आसन्न आमनिर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने र बहुमत हासिल गरी गगन थापा प्रधानमन्त्री बन्ने दाबी पनि डा. शर्माले गरे । सभापति थापालाई प्रधानमन्त्री बनाउन आफूहरू दृढतापूर्वक लाग्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया