काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा उनीहरूबीच आज भेटवार्ता भएको हो।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले उनीहरूबीच शिष्टाचार भेट भएको बताएका छन्। भेटमा पार्टीको सुदृढीकरणका विषयमा छलफल भएको घिमिरेले बताएका छन्।

advertisement

उनीहरूबीच कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई वैधता दिएपछि देउवापक्षीय नेताहरूले अदालत जाने निर्णय गरेका छन्। तर, माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले समय अभावका कारण पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले पहलकदमी लिएका बताइएको छ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com