काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वविरुद्ध सर्वोच्च अदालत पुगेको छ।

गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले उक्त महाधिवेशन बदर गर्न माग गर्दै रिट दायर गरेको हो।

advertisement

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको जानकारी अधिवक्ता लक्ष्मी दाहाल रावलले दिइन्। उनका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको छ।

रिटमा विशेष महाधिवेशन पक्षले पार्टीको विधान र स्थापित प्रक्रियाविपरीत महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरेको दाबी गर्दै सम्पूर्ण प्रक्रिया अवैधानिक घोषणा गर्न माग गरिएको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com