काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा आगामी निर्वाचनमा धनुषा–३ बाट प्रत्यक्ष उम्मेदवार बन्ने भएका छन्।
अघिल्लो निर्वाचनमा समानुपातिक सांसद रहेका झा यसपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धी हुने तयारीमा छन्। गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतो विजयी भएकी थिइन्।
यसपटक पनि एमालेले जुली महतोको उम्मेदवारी कायम गरेको छ। कांग्रेसबाट भने धनुषा–३ को उम्मेदवार अहिलेसम्म टुंगो लागेको छैन, यद्यपि नेता विमलेन्द्र निधिको नाम एकल सिफारिसका रूपमा अघि आएको बताइएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया